Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले बैंकहरुमा १.५३ अर्ब लगानी गर्ने

२०७९ मंसिर १४ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ५३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकका विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो।

जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा २२ करोड ९७ लाख रुपैयाँ र फाइनान्समा ७ करोड ६५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि मंसिर १८ गते राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्नुपर्नेछ। यस्तो लगानी आउँदो पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।