Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीबाट पैसा लिएर अध्यक्ष नै बेपत्ता

२०७९ मंसिर १३ गते


बैंकिङ खबर/ ललितपुर सातदोवाटोस्थित नयन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव दाहाल सहकारीबाट पैसा लिएर बेपत्ता भएका छन् ।
गतमंसिर निर्वाचन ५ गते घरबाट आफू भक्तपुर जाने र एक घण्टामा आउँछु भनेर निस्केका उनी हालसम्म सम्पर्कमा आएका छैनन् । उनको मोवाइल अफ गरिएको छ ।

सहकारीका अनुसार उनले कार्यालय बन्द हुनुअघि १ लाख २४ हजार लिएका थिए । सहकारीले बज्र फाउण्डेशनलाई ठूलो रकम विनाधितो ऋण दिएको छ । ऋण उठ्न नसक्दा सहकारीमा समस्या आएको छ । तर दाहालले विनाधितोको समस्या समाधान गरेको बताउने गरेका थिए । यस सहकारीले विनाधितो धेरै रकम ऋण लगानी गरेको बुझिएको छ । दाहाल सम्पर्कविहीन भएको विषयमा कुनै उजुरी अहिलेसम्म नआएको महानगरिय प्रहरी बृत्त चापागाँउले जनाएको छ ।