नेपाली बोर्डबाट पढेका सीएहरुले अब अन्तराष्ट्रिय मान्यता पाउने भएका छन् । नेपाल चार्टर्ड एकाउन्डेन्ट एसोसिएसन (आइक्यान) र बेलायतको चार्टर्ड एकाउन्टेन्ट संस्था (आईसीईडब्लु) बिच सम्झौता भएको छ । सम्झौताअनुसार, नेपालमा सीए उतीर्ण गरी दुई वर्षभन्दा बढी लेखापरीक्षण व्यवसायमा काम गरेकाहरुले आईसीईडब्लु अन्तर्गतका कुल ४ विषय उतीर्ण गरी आईसीईडब्लुको सदस्यताका लागि आवेदन दिन सक्नेछन् ।
