
बैंकिङ खबर/नवलपरासी निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित हुनुभएको छ । चौधरी निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई ७ हजार १८६ भारी मतान्तरले हराउँदै विजयी हुनुभयो ।
चौधरीले २९ हजार ४९५ मत प्राप्त गरे भने पाँच पटक चुनाव जितेका त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत प्राप्त गर्नुभयो ।
