Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा र लघुवित्तहरुको साझेदारीमा लघुबीमा कार्यक्रम, सक्षमको सहयोग

admin २०७३ आश्विन २१ गते
सेयर:

microinsuranceबीमा कम्पनी र लघुवित्त बिकास बैंकहरुको साझेदारीमा लघुबीमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल बीमक संघ र नेपाल माइक्रो फाइनान्स बैंकर्स एशोसिएशनका पदाधिकारीले लघुबीमा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सक्षम एक्सेस टु फाइनान्सको सहजीकरणमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ । 

एक लाख रुपैयाँसम्म कुल बीमांक हुने गरि प्रडक्ट बनाइने योजना रहेको छ । त्यस्तै, किसानले बार्षिक एक हजार देखि १३ सय रुपैयाँ बीमा शुल्क तरे पुग्ने गरि व्यवस्था मिलाइने भएको छ । पहिलो चरणमा निर्जीवन बीमा कम्पनीहरु मार्फत् कार्यक्रम सञ्चालन गरिने भएपनि क्रमशः जीवन बीमा कम्पनीलाई पनि सहभागी गराइँदै जाने बताइएको छ ।

कार्यक्रमले किसानको सम्पत्ती, कर्जाको समेत सुरक्षण गर्ने गरि मोडालिटी तयार गरिने उल्लेख गरिएको छ । हाल व्यवसायको ८० प्रतिशत बीमा बैंकहरुको कर्जा लगानीको आधारमा भइरहेकोमा यो कार्यक्रमको सञ्चालन पछि विपन्न समुदायले पनि आफ्नो व्यवसायको बीमा गर्न पाउँने अवस्था आउने अपेक्षा गरिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।