Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीलाई चुनावसम्म साधारणसभा नगर्न बागमती प्रदेश सरकारको निर्देशन

२०७९ कार्तिक २१ गते

बैंकिङ खबर/ बाग्मती प्रदेश सरकारले प्रदेशका सहकारी संस्थालाई ४ मंसिरसम्म कुनै पनि साधारणसभा नगर्न र नगराउन निर्देशन दिएको छ । साधारणसभामा जनप्रतिनिधि, प्रतिनिधि सभा एवम् प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

‘प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन (२०७९) को सन्दर्भमा निर्वाचन आयोगबाट आचारसंहिता जारी भएको सबैमा सर्वविदितै छ। सो सन्दर्भमा आचारसंहिता लागु रहेको अवधिमा बागमती प्रदेशभित्र रहेका कतिपय सहकारी संघ÷संस्थाहरुले साधारण सभा गर्दा जनप्रतिनिधि, प्रतिनिधि सभा एवं प्रदेश सभाका उम्मेदवारहरु आमन्त्रण गर्ने गरिएको भन्ने बुझिन छ । सो कार्यबाट निर्वाचन आचारसंहिता उल्लंघन हुन सक्ने अवस्था देखिएकाले ४ मंसिर २०७९ सम्म कुनै पनि साधारणसभा नगर्न, नगराउनु हुन सबै सहकारी संघ÷संस्थाहरुलाई यो सूचना जारी गरिएको छ’ सूचनामा भनिएको छ ।