Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२२ करोड ६६ लाख मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

२०७९ कार्तिक १७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा भएको २२ करोड ६६ लाख रुपैयाँ पैसा लगानी गर्ने भएको छ । बैंकले वाणिज्य बैंकमा १८ करोड १४ लाख, राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ३९ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड १३ लाख सहित २२ करोड ६६ लाख रुपैयाँ पैसा लगानी गर्न लागेको हो ।

उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले उक्त रकमका लागि प्रस्तावित ब्याजदर खुलाई फारम भर्न भनेको छ । उक्त रकमको अवधि २०७९ मंसिर २ देखि २०८० मंसिर २ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा राख्ने भएको छ । उक्त रकम लिनका लागि कात्तिक २२ गते राति १२ बजेसम्म जानकारी गराइसक्नुपर्ने छ ।