
बैंकिङ खबर/ नेकपा एमालले घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र सार्वजनिक गर्दै एमालेले सबै सहकारीलाई सहकारी बीमा व्यवस्थामा आबद्ध गरिने जनाएको छ ।
‘सबै सहकारीलाई सहकारी बीमा व्यवस्थामा आबद्ध गरिने छ । सहकारी ऋण सूचना, तरलता व्यवस्थापन तथा कारोबार क्लियरिङ्गको व्यवस्था गरिने छ’ एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।
प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाइने एमालेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ । आगामी ५ वर्षभित्र सम्पूर्ण नेपालीको स्वास्थ्य बीमा गरिसकिने घोषणापत्रमा उल्लेख छ । स्वास्थ्य बीमाले समेट्ने सबै उपचार स्थानीय तहका स्वाथ्य केन्द्रहरूबाट उपलब्ध हुने गरी सनिश्चित गरिने एमालेले जनाएको छ ।


