Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

यी हुन् १० वर्षअघि लिएको ऋण नतिर्ने ६६ वटा सहकारी(सूचीसहित)

२०७९ कार्तिक १५ गते

बैंकिङ खबर/ १० वर्षअघि लिएको ऋण नतिर्ने ६६ वटा सहकारीलाई युवा तथा व्यवसायी स्वरोजगार कोषले १५ दिनको समय दिएको छ। स्वरोजगार कोषसँग २०६९ सालमा थोक कर्जा सम्झौता गरी लिएको ऋण अहिलेसम्म नतिरेको भन्दै आज सूचना निकालेको हो।

सूचनाअनुसार आजको मितिले १५ दिनभित्र सावाँ ब्याज रकम चुक्ता गर्न भनेको छ। कोषले जारी गरेको सूचनामा भनिएको छ, ‘१५ दिनभित्र कोषलाई बुझाउनुपर्ने सावाँ, ब्याज र हर्जनासहितको सम्पूर्ण रकम बुझाउनुपर्नेछ। अब अर्को सूचना तीनपुस्ते विवरणसहित रकम असुलीको लागि कालोसूचीमा राख्नको लागि प्रकाशन हुनेछ।’