Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

एकीकृत समाजवादीको घोषणापत्रः सरकारी कार्यालयको कारोबार नगदरहित बनाउने(पूर्णपाठ)

२०७९ कार्तिक १४ गते

बैंकिङ खबर/ नेकपा एकीकृत समाजवादी पार्टीले आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा सरकारी कार्यालयहरूमा सम्पूर्ण आर्थिक कारोबारलाई नगदरहित भुक्तानी प्रणालीमा आबद्ध गर्ने उल्लेख गरेको छ ।

‘सेवाग्राहीले चाहे अनलाइनमार्फत उजुरी वा गुनासोसम्बन्धी निवेदन दिने र सार्वजनिक खरिद र निर्माण सम्बन्धी सम्पूर्ण काम अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन पहल गरिने छ’ घोषणा पत्रमा उल्लेख छ ।

यस्तै नेकपा एसले ‘प्रशासनिक, साधारण खर्च घटाऔँ, विकास खर्च बढाऔँ’ भन्ने नारा दिँदै फजुल खर्च नियन्त्रण गरी प्रशासनिक खर्च कम गर्ने र पूँजीगत खर्च बढाउन पहल गरिने दाबी गरेको छ ।