साताको अन्तिम दिन शेयर बजारले १३०० अंक पार गरेको छ । उदारीकरण तथा पुँजीवादी अर्थ नीति लिएको नेपाली कांग्रेसको १३औं महाधिवेसन सुरु भएकै बजार ४.९८ अंकको वृद्धिसँगै १३००.७६ अंकमा पुगेर बन्द भएको छ । त्यस्तै, बजारमा ६२ करोडमाथिको कारोबार भएको छ । दिनभरिमा १ सय २६ वटा कम्पनिको १० लाख ८४ हजार ९२ कित्ता शेयर २ हजार ९ सय ४७ पटक कारोबार हुँदा ६२ करोड २३ लाख ५ हजार ७ सय ५९ रुपैँया बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नयाँ नेपाल लघुवित्त विकास बैँक, महिला लघुवित्त विकास बैँक, प्रभु इन्स्योरेन्स, ओरियन्टल होटल्स, अपि पावर कम्पनि, राप्तीभेरी विकास बैँक, सेती फाइनान्स र पोखरा फाइनान्सका लगानीकर्ताले अत्याधिक कमाएका छन् । प्रिमियर इन्स्यारेन्सका लगानीकर्ताले पनि कमाएका छन् । गुमाउनेमा महालक्ष्मी फाइनान्स, प्रोफेसनल दियोलो विकास बैँक, डिप्रोस्क डेभलपमेन्ट बैँक, युनाइटेड फाइनान्स, जानकी फाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैँक संस्थापक शेयर, फसर्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैँक, भर्गभ विकास बैँक, त्रिवेणी विकास बैँक लगायत रहेका छन् ।
नेपाल ग्रामीण विकास बैँकको विहिबार सबैभन्दा बढी ५ करोड ९२ लाख ३ हजार ५ सय ४८ रुपैँयाको शेयर कारोबार भएको छ । बैँकका लगानीकर्ताले ३.१९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको पनि ५ करोडमाथिको कारोबार भएको छ भने लगानीकर्ताले ७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, २ करोड माथिको शेयर कारोबार भएको सानिमा बैँकले १.६० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने नेपाल इन्भेष्टमेन्ट बैँकका लगानीकर्ताले १.४३ प्रतिशतका दरले गुमाएका छन् । १ करोडमाथिको शेयर कारोबार भएका कम्पनिहरु युनाइटेड इन्स्यारेन्स, कृषि विकास बैँक, टुरिजम डेभलपमेन्ट बैँक, छिमेक लघुवित्त विकास बैँक, सिटिजन्स बैँक र हिमालयन बैँक लगायतका लगानीकर्ताले पनि कमाएका छन् ।
विहिबार वाणिज्य बैँकबाहेक सबै समूहका सूचक उकालो लागेका छन् । वाणिज्य बैँक समूहको शेयर सूचक सामान्य ०.२ अंकले घटेको छ । त्यस्तै, होटल, विकास बैँक, जलविद्युत्, फाइनान्स र वीमा समूह क्रमशः ४०.३६, १२.३७, ५.९४, १४.३६ र ५२.६७ अंकले बढेका छन् । उत्पानदमूलक समूह र अन्य समूह भने विहिबार कारोबारविहिन रहे ।




