Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

बेलायतमा मुद्रास्फीति दोहोरो अंकमा

२०७९ कार्तिक २ गते

 

बैंकिङ खबर/ बेलायतमा महँगी ४० वर्षयताकै उच्च भएको छ । बुधबार प्रकाशित तथ्यांकअनुसार वार्षिक मुद्रास्फीति बढेर हाल १०.१ प्रतिशत पुगेको छ । अगष्टमा मुद्रास्फीति ९.९ प्रतिशत रहेको थियो ।

बेलायतमा हाल खाद्यपदार्थको मूल्य आकासिएको छ । मुद्रास्फीति दोहोरो अंकमा पुगेपछि बैंक अफ इंग्ल्यान्डलाई टाउको दुखाइको विषय भएको छ । बैंक अफ इंग्ल्यान्डका गर्भनर एन्ड्रयु बेलीले मुद्रास्फीति बढेसँगै महँगी नियन्त्रण गर्न कडा कदम आवश्यक रहेको बताएका छन्।