Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीका लेखापालमाथि गोली प्रहार

२०७९ कार्तिक २ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/सर्लाही वाग्मती नगरपालिका मिलनचोकमा सहकारीमा कार्यरत लेखापाल साजन कार्कीमाथि गोली प्रहार भएको छ । सगुन सहकारी वाग्मती सेवा केन्द्रका लेखापाल ३० वर्षीय कार्की गोली प्रहारबाट घाइते हुनुभएको हो ।

उहाँलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोटरसाइकलमा आएका तीन जना भारतीयको समूहले गोली हानेको हुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।