Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

आम चुनाव २०७९ः पूर्वअर्थमन्त्री पौडेलको जित निश्चित

२०७९ आश्विन २७ गते

बैंकिङ खबर/ रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङको उम्मेदवारी खारेज भएसँगै नेकपा एमालेबाट उम्मेदवारी दिएका उपाध्यक्ष विष्णु पौडेलको जित सुनिश्चित जस्तै भएको छ । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गुरूङले टिकट पाएका थिए । तर अदालतले बैंकिङ कसुरमा गुरूङलाई जरिवाना गरेकाले उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको हो । विगतमा गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो ।

को हुन् पौडेल

२०३३ सालतिर पौडेल कलेज पढ्न भिनाजु गोपीरमण उपाध्यायको घरमा आएका थिए । उपाध्यायको घरमा तत्कालीन कोअर्डिनेशन केन्द्र र मुक्ति मोर्चाको बैठक हुन्थ्यो । जेल बे्रक गरेर भुमिगत हँुदै उपाध्यायको घरमा पुगेका प्रदिप नेपालले बुर्जुवा शिक्षा बहिस्कार गरेर राजनीतिमा आउनु पर्छ भनेपछि १७ वर्षीय पौडेल पढाइ छोडेर कम्युनिस्ट आन्दोलनमा होमिएका थिए ।

माक्र्सवादी दर्शनका ज्ञाता भिनाजु गोपीरमणको प्रेरणा र प्रदिप नेपालको सुझावले बुर्जुवा शिक्षा बहिस्कार गरेका पौडेल नेपाली कम्युनिष्ट आन्दोलनको दोश्रो पुस्तामा निर्विकल्प नेता बनेर उदाए । लामो समय लुम्बिनी अञ्चलका विभिन्न जिल्लामा भुमिगत भएर काम गरेका पौडेलले २०३७ सालमा मोदनाथ प्रश्रीतहरु संगै भैरहवा जेलब्रेक गरेका थिए ।

२०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि छद्म नामको प्रयोग गरेर रुपन्देही नवलपरासी पाल्पा अर्घाखांची र गुल्मीमा पार्टीको काममा सक्रिय रहे । २०४६ सालमा बहुदलिय व्यवस्था स्थापनापछि तत्कालीन नेकपा मालेले पौडेललाई राष्ट्रिय परिषद् सदस्य बनाएर महाकाली अञ्चल इन्चार्जको जिम्मेवारी दिएको थियो ।

२०४७ सालमा नेकपा माले र माक्र्सवादीपार्टी बीच एकीकरण भएर नेकपा एमाले बनेपछि पौडेल तत्कालिन एमालेको केन्द्रीय सदस्य भएका थिए । २०५१ सालमा एमालेले अल्पमतको सरकार बनाउँदा उपप्रधानमन्त्री भएर माधव नेपाल सरकारमा गएपछि वामदेव गौतमलाई उपमहासचिव बनाएर पार्टी सञ्चालनको जिम्मेवारी दियो । गौतम उपमहासचिव भएपछि रिक्त भएको संगठन विभाग प्रमुखको जिम्मेवारीे पौडेले पाएका थिए ।

पहिलो पटक ०५१ सालको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर ३ बाट लडेका पौडेलले चुनाव जितेका थिए । त्यो सरकार ९ महिनामा ढल्यो । ०५४ सालमा बामदेव नेतृत्वमा बनेको सरकारमा युवा तथा खेलकुद मन्त्री भए ।

महाकाली सन्धि पारित गर्ने कि नगर्ने भन्ने विवाद तीब्र भयो । त्यसबेला पौडेलले आफुलाई महाकाली सन्धिको विपक्षमा उभ्याए । २०५१ सालमा पाल्पाबाट निर्वाचन जितेका पौडेललाई ०५६ को संसदीय निर्वाचनमा एमालेले रूपन्देही–३ बाट उठायो तर कांग्रेसका सूर्यप्रसाद प्रधानसँग करिब ६ सय मतान्तरले पराजित भएका थिए ।

पौडेल निर्वाचन हारेपनि रुपन्देहीका मतदातासँग नजिकिएर काम गरे । जसका कारण ०६४ सालको पहिलो संविधानसभा चुनावमा सोही क्षेत्रबाट निर्वाचित भए । २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बने भने तत्कालिन पार्टी अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बने ।

०७० सालको दोस्रो संविधानसभा चुनावमा उनले रुपन्देहीबाट पुर्व प्रधानमन्त्री तथा त्यसवेलाका प्रभावशाली माओवादी नेता बाबुराम भट्टराईलाई हराएका थिए । पौडेलको कार्य कुशलता प्रदर्शन गर्न सफल पौडेल प्रभावित भएर २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बने । जुन नेपाली राजनीतिक इतिहासमा सबैभन्दा सफल अर्थमन्त्रीको रुपमा आफुलाई उभ्याउन सफल भए ।

०७४ रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले उपमहासचिव पौडेलले कांगे्रसका युवराज गिरीलाई २२ हजार ६३ मतान्तरले पराजित गदै त्यस क्षेत्रबाट लगातार तेस्रो जित हासिल गरेका थिए । नेकपा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेल २०७५ साल ३ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाए ।

पार्टीभित्रै ओली, प्रचण्ड, नेपाल र गौतमबीच एकता गराउने सूत्रधार पनि थिए । यसैको पुर्व एमाले र पुर्व माओवादीलाई मिलाउन सक्ने सन्तुलित क्षमता वुझेर दुवै अध्यक्षको रोजाइमा नेकपाको महासचिव जस्तो जिम्मेवारी उनले पाएका थिए ।

पाँचौ पटक उम्मेदवार

बुटवल र आसपास समेटिएको हालको रुपन्दही क्षेत्र नम्बर २ बाट पौडेल अहिले पाँचौ पटक उम्मेदवार बन्दै छन् । उनी अहिले लगातार चौथो जित निकाल्ने प्रयासमा छन् ।

सफल अर्थमन्त्री

आफ्नो कार्यकालमा केहि विवादित भएपनि पौडेल सफल नै मानिन्छन् । शक्तिशाली भूकम्पले अर्थतन्त्रको जगलाई हल्लाएको थियो भने संविधान जारी हुनु अघिदेखिको तराई बन्द र भारतले गरेको नाकाबन्दीले अर्थतन्त्र ध्वस्त भएको अवस्थामा उनले अर्थतन्त्रलाई पुनरुत्थान गरेका थिए ।

दोस्रो पटक अर्थमन्त्री हुँदा देशको अर्थतन्त्र कोरोना भाइरसका कारण ध्वस्त भएको थियो । उक्त समयमा पनि उनले सफलता पूर्वक काम गरेका थिए । अर्थमन्त्रीको पद सम्हालेपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान उनले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । उनको कार्यकालमै एक घर एक रोजगारी, किसानलाई पेन्सन, शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा लगायतका लोकप्रिय कार्यक्रमहरु ल्याएका थिए ।