Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अमेरिकी अर्बपतिको टोली नेपाल भ्रमणमा

२०७९ आश्विन २६ गते

बैंकिङ खबर/अमेरिकी अर्बपतिको टोली नेपाल भ्रमणमा आएका छन्। नेसनल जोग्राफिक सोसाइटीको निजी जहाज (बोइङ ७५७) लिएर अमेरिकी अर्बपति टोली नेपाल घुम्न आएका हुन्।

उनीहरू मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थलले जनाएको छ। उनीहरू मंगलबार राती गौशालास्थित होटल द्वारीकाजमा बसेका थिए ।

अर्बपतिहरुको मुस्ताङको ल्होमान्थाङदेखि चितवनको मेघौली र धुलिखेलसम्म घुम्ने तालिका रहेको थियो। तर, मौसम खराब भएकाले उनीहरूले यात्रा गर्न नसकेको बताइएको छ।

बुधबार बिहान धुलिखेलको यात्रापछि आजै यो टोली भुटान जाने तयारीमा छन्। दुई दिन भुटान घुमेर उनीहरू शुक्रबार नेपाल प्रस्थान हुनेछन्। शुक्रबार नै निजी जहाज लिएर भारत फर्कने तालिका रहेको छ। विश्व भ्रमणमा निस्किएका उनीहरूले आफ्नो भ्रमणको सूचीमा नेपाललाई पनि राखेका हुन्।