
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। राष्ट्र बैंकले बिहीबार(आज)३० अर्ब रुपैयाँको रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।
यो रिपो एक हप्ताको लागि जारी गरिएको हो । आज जारी गरेको रिपो असोज २७ गते परिपक्व हुनेछ। बोलकबोलमार्फत् जारी हुने सो रिपोको क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् ।


