
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले साउन मसान्तसम्म १८ अर्ब ८६ करोड ९७ लाख ८९ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिएको छ ।
साउन मसान्तसम्म २ खर्ब ५७ अर्ब ७७ करोड ३६ लाख २९ हजार रूपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो । साउन मसान्तसम्म विभिन्न ५६ बैंक तथा वित्तीय संस्थाले १० शीर्षकमा १ लाख ४७ हजार २३ ऋणीको उक्त रकम बराबरको कर्जा स्वीकृत गरेका हुन् ।
राष्ट्र बैंककाअनुसार साउन मसान्तसम्म २ खर्ब १३ अर्ब ६६ करोड ४३ लाख ५७ रुपैयाँको कर्जा स्वीकृत गर्न बाँकी रहेको छ । स्वीकृत भएको कर्जामध्ये सबैभन्दा बढी ‘क’ वर्गका वाणिज्य बैंकको २ खर्ब २५ अर्ब २ करोड २ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
वाणिज्य बैंकबाट स्वीकृत हुन बाँकी कर्जा १ खर्ब ८६ अर्ब १६ करोड २१ लाख २९ हजार रुपैयाँ रहेको छ । यस्तै विकास बैंकबाट २९ अर्ब ३९ करोड ५४ लाख २४ हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ भने स्वीकृत हुन बाँकी कर्जा २४ अर्ब ५१ करोड ७१ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
फाइनान्स कम्पनीबाट साउन मसान्तसम्म ३ अर्ब २५ करोड ५७ लाख ६६ हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ भने २ अर्ब ९० करोड ६३ लाख ३६ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ ।
यस्तै ‘घ’ वर्गका माइक्रोफाइनान्स कम्पनीले १० करोड २१ लाख ९० हजार रुपैयाँ कर्जा स्वीकृत गरेर ७ करोड ८६ लाख ९५ हजार रुपैयाँ कर्जा स्वीकृत गर्न बाँकी रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले हाल व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायीक शिक्षा, भूकम्प पीडितहरुको निजी आवास निर्माण, कपडा उद्योग सञ्चालन, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम र युवा वर्ग स्वरोजगार कर्जा दिएका छन् ।
साउन मसान्तसम्म सहुलियतपूर्ण कर्जा १ लाख ४७ हजार २३ ऋणीले कर्जा लिएकोमा ‘क’ वर्गका वाणिज्य बैंकबाट १ लाख २५ हजार ४२३, ‘ख’ वर्गका विकास बैंकबाट १९ हजार ५९९, ‘ग’ वर्गका फाइनान्स कम्पनीबाट १ हजार ८९८ जना र ‘घ’ वर्गका वित्त कम्पनीबाट १०३ जनाले ऋण लिएका छन् ।
साउन मसान्तसम्म सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा १ खर्ब ६३ अर्ब ४५ करोड ९९ लाख ४१ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । यस्तो कर्जा लिन चाहनेको संख्या ५९ हजार ८७९ ऋणी रहेका छन् । जसमा धितोसहितको कर्जा १ खर्ब ६० अर्ब २० करोड ५ लाख २८ हजार रुपैयाँ र विना धितो ३ अर्ब २५ करोड ९४ लाख १२ हजार रुपैयाँ रहेको छ ।




