Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

४० अर्बको ट्रेजरी विल्स सोझै खरिद गर्दै राष्ट्र बैंक

२०७९ आश्विन ६ गते

बैंकिङ खबर/ तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ४० अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ। बैंकले बोलकबोल प्रकृयाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएका ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्न लागेको हो।

ट्रेजरी बिल्स बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ। बोलकबोल आवेदनका आधारमा बैंकले शुक्रबार ट्रेजरी खरिद गर्नेछ। राष्ट्र बैंकले बैंकहरुमा तरलता व्यवस्थापन गर्न समयसमयमा यस्ता उपकरणहरु बिक्री तथा खरिद गर्ने गरेको छ।