भार्गव विकास बैंकले एसिस्टेन्टदेखि मेनेजरसम्मका लागि कर्मचारी माग गरेको छ । क्षत्रियस्तरको विकास बैंक भार्गवले अफिसर, जुनियर अफिसर, सुपरभाइजर र एसिस्टेन्ट तहमा रहेर शाखा व्यवस्थापक र एसिस्टेन्सको जिम्मेवारीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकले कोहलपूर, लामाही र गुल्हेरिया शाखाका लागि एक÷एक जना व्यवस्थापक माग गरेको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातक या सोसरह उतीर्ण गरी वित्तीय क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ भने उमेर ४० वर्ष नपुगेको हुनुपर्नेछ ।
त्यस्तै, बैंकले अन्य शाखाहरुका लागि केही संख्यामा एसिस्टेन्ट माग गरेको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातक या सोसरह उतीर्ण गरी वित्तीय संस्थामा २ वर्ष काम गरेको अनुभव र उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।
कम्प्युटर र पुमोरी बैंकिङ सफ्टवेर चलाउन जान्ने, बैंकिङ क्षेत्रमा काम गर्न इच्छुक र बैंकले तोकेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले २ नोभेम्वर अर्थात कात्तिक १७ गतेभित्रमा बैंकको इमेल ठेगाना vacancy@bhargavbank.com.np मा निवेदन, हालसालै खिचेको एक प्रति पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि र सबै शैक्षिक प्रमाणपत्रहरु पठाउनुपर्नेछ । स्थानीयलाई प्राथमिकता दिइने समेत बैंकले जनाएको छ ।