Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरुबाट आजदेखि नयाँ नोट साट्न पाइने

२०७९ आश्विन २ गते

बैंकिङ खबर/ काठमाडौं उपत्यका भित्रका इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुले दशैंको लागि आजदेखि नयाँ नोट सटही गरिदिने भएको छन् । नयाँ नोट सटही गर्न सहज होस् भनेर यसवर्ष सम्पूर्ण वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गरिसकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सबै ‘क’ वर्गका बाणिज्य बैंकलाई काठमाडौं उपत्यका भित्रका तोकिएका शाखाबाट कार्यालयहरु मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन समेत भनेको छ । राष्ट्र बैंकका अनुसार रु। ५, १०, २०, ५० र १०० दरको प्रति व्यक्ति बढीमा एक÷एक प्याकेटका दरले बढीमा साढे १८ हजार रुपैयाँसम्मको सटही सुविधा गराइने छ ।

सर्वसाधरणलाई नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यका भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइट मार्फत सूचना दिन पनि राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई भनेको छ ।