Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

रिपोमार्फत रु. २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

२०७९ भाद्र ३० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बिहीबार रु. २० अर्बको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो असोज ६ गते परिपक्व हुने यो रिपो आ.व दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् ।