Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ललितपुरका ६ सहकारी पुरस्कृत

२०७९ भाद्र २८ गते

बैंकिङ खबर/ ललितपुरका ६ सहकारी संस्था पुरस्कृत भएका छन् । जिल्ला साकोस संघको २८ औं वार्षिक साधारण सभाले जिल्लाका ६ वटै पालिकाबाट उत्कृष्ट ठहरिएका सहकारीहरुलाई पुरस्कृत गरेको हो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंका अध्यक्ष मिनराज कडेलले पुरस्कृत गर्नुभयो । पुरस्कृत हुनेहरुमा ललितपुर महानगरबाट कार्यविनायक साकोस बुङमती, गोदावरीबाट सरस्वती महिला साकोस ठेचो, महालक्ष्मीबाट आधारशिला साकोस, वागमतीबाट जोसिलो महिला साकोस प्युटार,महाकालबाट एकता साकोस पुरस्कृत भएका छन् ।