
बैंकिङ खबर/ एक महिनाको अवधिमा चलनचल्तीमा रहेको (नगद सर्कुलेसन) १६ अर्ब भन्दा बढीले घटेको छ । नगद कारोबार घट्दै जाँदा नगद सर्कुलेसनसम्म घट्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
१ कार्तिक २०७८ मा ७ खर्ब २८ अर्बको नगद सर्कुलेसन रहेकोमा पछिल्लो समय नगद सर्कुलेसन घट्दै गएको हो । राष्ट्र बैंककको तथ्यांक अनुसार पनि असोज २०७८ मा ७ खर्ब १३ अर्ब ९८ करोड नाघेको नगद सर्कुलेसन २०७९ साउनमा ५ खर्ब ९९ अर्ब ९८ करोडमा झरेको छ ।


