Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर अधिकारी सार्फीको उपाध्यक्षमा चयन

२०७९ भाद्र २८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसियटिभ (सार्फी)को उपाध्यक्षमा चयन हुनुभएको छ । सेप्टेम्बर ७ मा आयोजित एक समारोहकाबीच सार्फीको औपचारिक शुभारम्भ गर्दै उहाँ उपाध्यक्षमा चयन हुनुभएको हो ।

उक्त समारोहकाबीच सार्फीको औपचारिक सुभारम्भ समेत भएको छ । सो समारोहमा एएफआईमा आबद्ध केन्द्रीय बैंक र अन्य सदस्य संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

माल्दिभ्सको केन्द्रीय बैंक माल्दिभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम अध्यक्ष र गनर्भर महाप्रसाद अधिकारी सार्फीको उपाध्यक्षमा चयन भएको हो। समारोहमा माल्दीभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्रमशः अध्यक्ष र उपाध्यक्षको हैसियतमा उद्घाटन मन्तव्य राख्नुभएको थियो ।

गभर्नर अधिकारी अलायन्स फर फाइनान्सियल इन्क्लुजन (एफआई) र सेन्ट्रल बैंक अफ जोर्डनको संयुक्त आयोजनामा सन २०२२ सेप्टेम्बर ५–८ मा जोर्डनको डेड सीमा आयोजित ‘ग्लोबल पोलिसी फोरम’ २०२२’ मा सहभागी हुनुभएको थियो ।