
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले दशैँका लागि हालसम्म १ अर्ब ६० करोड रुपैयाँबराबरको नयाँ नोट बैंकहरुलाई वितरण गरेको छ।
राष्ट्र बैंकले १६ वटा बैंक तथा वित्तीय संस्थाहरुमा उक्त रकम पठाएको हो।
बाँकी संस्थाहरुले पनि नयाँ नोट लग्ने क्रम जारी रहेको बैंकले जनाएको छ । काठमाडौं उपत्यकाभित्रका सर्वसाधारणले दशैँका लागि पर्सी बुुधबारबाट नयाँ नोट साट्न सक्नेछन् । उपत्यकाबाहिरका सर्वसाधारणले भने असोज २ गतेदेखि साट्न पाउने व्यवस्था मिलाइएको छ।
सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुबाट नयाँ नोट साट्न सक्नेछन्। हाल वाणिज्य बैंकलाई १० करोड, विकास बैंकलाई ५ करोड र फाइनान्स कम्पनीलाई ३ करोड रुपैयाँको नयाँ नोट केन्द्रीय बैंकले दिइरहेको छ।
राष्ट्र बैंकले यी संस्थालाई बढी २ पटकसम्म नयाँ नोट वितरण गर्ने नेपाल बताउँछन्। राष्ट्र बैंकले यस वर्ष १० अर्ब रुपैयाँ नयाँ नोट बजारमा जान सक्ने अनुुमान गरेको छ।
राष्ट्र बैंकका अनुुसार प्रतिव्यक्तिले ५, १०, २०, ५० र १०० दरका गरी कुुल १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही गर्न सक्नेछन्।




