Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीलाई आयकरमा छुट

२०७९ भाद्र २६ गते

बैंकिङ खबर/ सरकारले सहकारी संस्थाहरुलाई आयकरमा छुट दिएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐन २०७९ का विभिन्न प्रावधानलाई परिवर्तन गरेको जनाएको छ । जसमध्ये सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा लाग्ने आयकर घटाइएको हो ।

अर्थ मन्त्रालयका अनुसार अब नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सहकारीले ५ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ । यसअघि यस्तो करको दायरा ७.५ प्रतिशत थियो । उपमहानगरपालिका भित्र सञ्चालित सहकायरीको हकमा आयकरको सीमा ७ प्रतिशतमा झारिएको छ । यसअघि यो प्रावधान १० प्रतिशतको थियो । महानगरपालिका भित्र सञ्चालित सहकारीका लागि १० प्रतिशत आयकर लाग्ने छ ।