
बैंकिङ खबर/ फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनमा सहकारीमा विद्यमान संकट र भावी कार्यदिशा विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वित्तीय कारोवार गर्ने सहकारी संस्थाहरुमा हाल देखा परेको तरलता संकट र सोको समाधानका उपायहरु सम्बन्धमा फस्र्ट माइक्रोफाइनान्स साझेदार सहकारी संस्थाका व्यवस्थापक र वित्त विभागका प्रमुखहरुबीच एक आपसमा अनुभव आदन प्रदान गर्ने/गराउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा सहकारीकामा तरलता समस्या आउनुका कारणहरु र सो को समाधानका बारेमा अन्तरक्रिया गरिएको थियो ।
उक्त अन्तरक्रियालाई सम्बोधन गर्दै सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले केही संस्थाहरु स्वनियमनमा नचल्ने र नियामक निकायको नियमन भित्र रहेर सञ्चालन नहुदा पनि सहकारीमा तरलता संकट निम्तिएको बताउनुभएको थियो ।
सहकारीमा पुनरसंरचना जरुरी भएको र भूगोलका आधारमा मात्र सहकारी संस्थाहरु वर्गिकरण गरेर नियमनको क्षेत्राधिकार तोक्दा नियमन प्रभावकारी हुन नसकेकाले अब संस्थाको कुल सम्पत्तिको आधारमा वर्गिकरण गरि संघ, प्रदेश, स्थानीय निकायले नियमन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनु भएको थियो ।
उक्त अन्तरक्रियामा फस्र्ट माइक्रोफाइनान्सका साझेदार संस्थाबाट ५१ जनाको सहभागिता रहेको थियो ।




