Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एक हजार दरका ४३ करोड थान नोट छाप्दै राष्ट्र बैंक

२०७९ भाद्र २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेन्डर आह्वान गरेको छ । राष्ट्र बैंकले चार खर्ब ३० अर्ब रुपैयाँ नोट छपाइका इच्छुक कम्पनीले डिजाइन, प्रिन्ट र वितरणको प्रस्ताव बैंकमा ३० दिनभित्र पेस गर्न आह्वान गरेको छ ।

बैंकले यी नोट आगामी तीन वर्षका लागि पुग्ने गरी छाप्न लागेको हो । तीन वर्षअघि मात्रै बैंकले ४० करोड थान नोट छापेको थियो ।

नेपाली नोटहरूको छपाइको जिम्मा प्रायः चिनियाँ कम्पनीले हात पार्दै आएको छ । यसअघि चिनियाँ कम्पनी चाइना प्रिन्टिङ एन्ड मिन्टिङ कम्पनीले ५ र १० रुपैयाँका नोट छाप्ने ठेक्का पाएको थियो ।