Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

भगवती चौधरीको सक्रियतामा कांग्रेस र राप्रपाका कार्यकर्ता एमालेमा प्रवेश

२०७९ भाद्र १९ गते

बैंकिङ खबर/ सुनसरी क्षेत्र नं ३ मा नेकपा एमालद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै एमाले नेतृ भगवती चौधरीले सुनसरी क्षेत्र नं ३ को विकास र समृद्धिको लागि नेकपा एमालेलाई जिताउनुपर्ने बताउनुभएको छ । पार्टी अध्यक्षा केपी शर्मा ओलीसमेत सहभागी सभालाई सम्बोधन गर्दै नेतृ चौधरीले दशकौंदेखि गैरजिम्मेवार नेताहरुलाई चुनाव जिताइएकोले आफ्नो क्षेत्र पछि परेको बताउनुभयो ।

एक हजार भन्दा बढी अन्य दलका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउन अहम् भूमिका निभाउनुभएकी नेतृ चौधरीले दशकौंदेखि सुनसरी ३ विकास र परिवर्तनको पखाईमा रहेको पनि तर्क राख्नुभयो । नेतृ चौधरीले आफू आफ्नो जन्मभूमि र कर्मभूमिमै सर्मपित रहेकोले कर्मभूमिको विकासमा आफ्नो जोड रहेको बताउनुभयो ।

विगतका जितेर पनि चुनाव हराइए तापनि पनि यसपटक जनताले परिवर्तनकै पक्षमा मतदान गर्ने विश्वास गरेको उहाँले बताउनुभयो । साथै नेतृ चौधरीले नेकपा एमालेले नै मुलुकमा समाजवाद ल्याउने दावी गर्नुभयो । उहाँले सिद्धान्त र विचार नमिलेका सत्तारुढ गठबन्धन दलले देशको विकास गर्न नसक्नेतर्फ पनि संकेत गर्नुभयो । एकवर्षयता मुलुकको अर्थतन्त्र धराशयी भएको अवस्थामा सरकारले अर्थतन्त्र उकास्न केही पनि नगरेको चौधरीको तर्क छ ।

कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र अन्य दलबाट एक हजारभन्दा बढी नेताकार्यकर्ताले नेकपा एमालेमा प्रवेश गरेका छन् । बृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र विभिन्न दलका एक हजारभन्दा बढी नेताकार्यकर्तालाई नेकपा एमालेमा प्रवेशसमेत गराउनुभएको थियो ।

बृहत् पार्टी प्रबेश कार्यक्रममा सुनसरी क्षेत्र नं ३ अन्तरगत बर्जु, गढी, दुहवी, इटहरीका एक हजार बढी व्यक्तिहरु नेपाली कांग्रेसबाट सबैभन्दा धेरै र विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई पार्टी अध्यक्ष केपी ओली, नेतृ चौधरी, जिल्ला इन्चार्ज जगदिश कुसियत लगायतले अबिर तथा दोसल्ला लगाएर स्वागत गर्नुभएको थियो ।