
बैंकिङ खबर/ बेलायतलाई पछि पार्दै भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। ब्लूमवर्गको रिपोर्टअनुसार सन् २०२१ को तेस्रो त्रैमासमा भारतले अर्थतन्त्रको आकारको हिसाबमा बेलायतलाई उछिनेको हो। यो गणना अमेरिकी डलरको आधारमा गरिएको हो।
अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका अनुसार कूल घरेलु उत्पादनको तथ्यांकअनुसार भारतले यो आर्थिक वर्षको पहिलो तीन महिनामा नै बेलायतलाई पछि पारेको हो। भारतमा अप्रिलदेखि नयाँ आर्थिक वर्ष शुरु भएको हो।
भारतीय अर्थतन्त्रको आकार नोमिनल क्यास टम्र्समा ८ खर्ब ५४ अर्ब ७० करोड डलर छ। बेलायतको अर्थतन्त्रको आकार भने ८ खर्ब १६ अर्ब डलर छ। यस वर्ष भारतको अर्थतन्त्र ७ प्रतिशतले बढ्ने अनुमान छ। अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा अमेरिका छ। त्यसपछि चीन, जापान र जर्मनी छन्।


