Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोपोमिसमा विवरण नभरेका सहकारीले घरजग्गा रोक्का तथा फुकुवा गर्न नपाउने

२०७९ भाद्र १७ गते

बैंकिङ खबर/ एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण नभरेका सहकारी संस्थाहरुले घरजग्गा रोक्का तथा फुकुवा गर्न नपाउने भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलयका अनुसार अब कोपोमिसमा आबद्ध नभएका सहकारीले ऋणीको घरजग्गा रोक्का तथा फुकुवा गर्न नपाउने भएका छन् ।

सहकारी अब ऋणीको घरजग्गा रोक्का राख्न वा फुकुवा गर्न जाँदा सहकारी ऐन २०७४ को दफा ७९, ८३ र ८४ बमोजिम सहकारी संस्थाले सदस्यको धितो बन्धक राख्ने वा त्यस्तो धितो बन्धक रोक्का तथा फुकुवा गर्न मालपोत कार्यालय जाँदा कोपोपिस प्रणालीमा संस्थाको विवरण प्रविष्ट गरेको प्रमाण लिएर जानुपर्ने छ । सहकारी विभागमार्फत सबै भूमिसुधार तथा मालपोत कार्यालयमा परिपत्र समेत भइसकेको छ ।