Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

त्रासमा सहकारी सञ्चालक : सुरक्षा माग

२०७९ भाद्र १६ गते

बैंकिङ खबर/ सहकारीका सदस्यहरुले संस्थाबाट बचत फिर्ता नपाएपछि सहकारीका कर्मचारी र सञ्चालकमाथि नै कुटपिट गर्न थालेका छन् ।

पछिल्ला दिनहरुमा केही सहकारी संस्थामा बचत फिर्ता क्रममा संस्थाका अभद्र व्यवार र कुटपिट नै गर्न थालेपछि सुरक्षा माग गरिएको छ ।
सहकारी विभागको माग बमोजिम सम्बन्धित सहकारीले माग गरेको बेला सुरक्षा व्यवस्था मिलाइदिन गृहलाई सहकारी मन्त्रालयले अनुरोध गरेको छ ।

‘पछिल्ला दिनहरुमा केही सहकारी संस्थसंस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सदस्य तथा अन्य व्यक्तिहरुले संस्थाका कर्मचारी तथा सञ्चालकहरुलाई अभद्र व्यवहार तथा कुटपिट समेत गर्ने गरेको भनी सरकारी विभागबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइ दिन अनुरोध छ,’ सहकारीमा राख्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।