Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

काठमाडौंको अर्को सहकारी पनि समस्याग्रस्त : सञ्चालक सम्पर्कविहीन

२०७९ भाद्र १६ गते

बैंकिङ खबर/ काठमाडौं महाबौद्धस्थित उच्च शिखर सहकारीको कार्यालय बन्द गरेर संचालक सम्पर्कविहीन भएका छन् । यतिबेला सहकारीमा पैसा लिन आउनेहरु ताल्चा हेरेर फर्कने धेरै छन् ।

सहकारीका सञ्चालक हृदय नारायण गणेश हुन् । कार्यालय कहिले काँही मात्रै खुल्ने उच्च शिखरसँगै अर्को कार्यालयमा काम गर्ने एक कर्मचारीले बताए । कार्यालयको सूचना पाटीमा केही दिनदेखि सम्पर्क नम्बर राखिएको थियो । तर पछिल्लो समय त्यो सम्पर्क नम्बर छैन ।

बचत रकम फिर्ता नगरेको भन्दै सदस्यहरुले चर्को दबाब दिए पछि कार्यालय बन्द भएको छ । संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्था र नेपाल बहुउद्देश्यीय केन्द्रीय संघको चेक दिएर सदस्यहरुलाई झुलाई रहेका छन् ।

तर, यसरी झुलाउन थालेको करिब १ वर्ष हुँदा पनि सदस्यहरुले पैसा भने फिर्ता पाउन सकेको छैन । संस्थाका म्यानेजर हृदय नारायण गणेश संस्था समस्यामा रहेको र बचत फिर्ता गर्न नसकेको स्विकार गरे ।