Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एफपिओ निष्काशनका लागि नेपाल लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा निवेदन

२०७३ आश्विन १४ गते

nepal lifeनेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शेयर अर्थात एफपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले करिब ३१ लाख कित्ता एफपिओ जारी गर्न गत बोर्डमा आवेदन दिएको हो । कम्पनीको १६औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण शेयर निष्कासन गर्न बोर्डमा आवेदन गरेको हो । तर नेपाल लाइफले एफपिओ जारी गर्ने आवेदन पत्रका साथ आवश्यक कागजात नबुझाएको धितोपत्रबोर्डले आफ्नो सूचनामा उल्लेख गरेको छ । 

यसअघि एफपिओ निष्काशनको अन्तिम चरणमा पुगेको कम्पनीले आफु खुशी मूल्य निर्धारण गरेको भन्दै धितोपत्र बोर्डले एफपिओ निष्काशनमा रोक लगाएको थियो ।

नेपाल लाइफको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।