
बैंकिङ खबर/ अब २ करोडसम्मको चालु पुँजी कर्जामा सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजीकर्जा सीमा कायम गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा कडाइ गर्दै यस्तो व्यवस्था गरेको हो । यस्तै कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने राष्ट्र बैंकले आफ्नो निर्देशिकामा उल्लेख गरेको छ ।
इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको अपरेशन साइकल,नगद प्रवाहको स्थिती,बिक्रीको अवस्था आदिको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालु पुँजी कर्जा सीमा कायम गर्न सक्ने उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाले चालु पुँजी कर्जाको सीमा स्वीकृत गर्नु अघि फर्मरसंस्थारकम्पनीको चालु सम्पत्तिको परीक्षण तथा मुल्यांकन गरी कर्जा सीमा र ड्रअइङि पावरको यथार्थपरक विश्लेषण गर्नुपर्ने हुन्छ ।
करोडभन्दा बढी चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा फर्मरसंस्थारकम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोडभन्दा बढी रकमको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा चालु पुँजी आवश्यकताको विश्लेषण गर्दा स्थायी वर्किङ क्यापिटल लोन र फ्लोटिङ वर्किङ क्यापिटल आवश्यक्ताकको बारेमा पहिचान गर्नुपर्ने उल्लेख छ ।
यसको लागि अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम २५ प्रतिशतले हुन आउने रकमभन्दा बढी नहुने गरी कर्जा सीमा स्वीकृत गर्नुपर्दछ ।




