Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकको सूचीबाट मेटिँदै रिलायबल डेभलपमेन्ट बैंक

२०७३ आश्विन १५ गते

reliableराष्ट्रियस्तरको रिलायबल डेभलमपेन्ट बैंकलाई ग्लोबल आईएमई बैंकले खरिद गर्ने भएको छ । दुबै बैंकले एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् । दुवै बैंकविच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाहि ३ महिना भित्र सम्पन्न गर्ने सहमति भएको छ । 

एक्विजिसन प्रक्रिया पूरा भएपछि विकास बैंकहरुको सूचीबाट रिलायबल डेभलपमेन्ट बैंक हट्ने छ । हाल नेपालमा राष्ट्रियस्तरका २२ वटा विकास बैंकहरु छन् । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आईएमई बैंकले खरिद गरेपछि राष्ट्रियस्तरका विकास बैंकको संख्या २१ मा झर्नेछ । 

रिलायबल डेभलपमेन्ट बैंक रिलायबल फाइनान्स लि., शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंक लि. एकआपसमा मर्ज भई बनेको संस्था हो । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको कुल चुक्ता पुँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।