Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अर्थसचिव पुष्करले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

२०७९ भाद्र १ गते

बैंकिङ खबर/ अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिनुभएको छ । सचिव पुष्करले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष शपथ लिनुभएको हो ।

पुष्कर भर्खरै अर्थसचिवमा नियुक्त हुनुभएको थियो । केन्द्रीय बैंकको सञ्चालक समितिमा अर्थसचिव पदेन सदस्य रहने कानुनी व्यवस्था छ।