Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शोधानान्तर घाटा दुई खर्ब ५५ अर्ब   

२०७९ श्रावण ३१ गते

बैंकिङ खबर/ देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको छ । अघिल्लो आव असार मसान्तमा रु एक अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो ।   कोरोना कहर सामान्य भएपछि हरेक क्षेत्रमा उच्च आयात भएका कारण गत आव शोधानान्तर रु दुई खर्ब ५५ अर्बले घाटामा गएको हो । यस्तै, गत जेठको तुलनामा गत असारमा विदेशी मुद्राको सञ्चितिमा सुधार भएको छ ।    

केन्द्रीय बैंकको विवरणअनुसार आव २०७८/७९ मा नौ अर्ब ५४ करोडले अमेरिकी डलरको सञ्चिति रहेको छ । यो सञ्चितीले छ दशमलव ९४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ । सो आवमा कूल रु १९ खर्ब २० अर्ब ४५ करोड बराबरको वस्तु आयात भएको छ ।    

केन्द्रीय बैंकको विवरणअनुसार समीक्षा वर्षमा कूल वस्तु आयात २४ दशमलव सात प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष यस्तो आयात २८ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३ दशमलव पाँच प्रतिशत, १३ दशमलव दुई र ३६ तीन प्रतिशतले वृद्धि भएको छ ।     वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, स्पंज आइरन, सुनलगायतका वस्तुको आयात बढेको छ भने एमएसविलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरणलगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm कन्चनपुर भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट वृद्धि भएको छ ।    
    
 आर्थिक वर्ष २०७८÷७९ मा कूल वस्तु निर्यात ४१ दशमलव सात प्रतिशतले वृद्धि भई रु दुई खर्ब तीन करोड पुगेको छ । अघिल्लो आवमा यस्तो निर्यात ४४ दशमलब चार प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५ दशमलव नौ प्रतिशत र ३० दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २० दशमलव चार प्रतिशतले घटेको छ ।   वस्तुगत आधारमा पाम तेल, ऊनी गलैँचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शिट, जुसलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, अलैँची, चिया, औषधि (आयुर्वेदिक), तारलगायतका वस्तुको निर्यात घटेको छ ।