Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बढ्दो बैंकिङ ब्याजदर

२०७९ श्रावण ३१ गते

बैंकिङ खबर/वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर वृद्धि हुँदै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न निजी क्षेत्रमा प्रवाह हुने कर्जा १९ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो ।  तर, राष्ट्र बैंकको वार्षिक विवरण अनुसार निजी क्षेत्रमा प्रवाह हुने कर्जा १३.१ प्रतिशतले मात्रै वृद्धि भएको जनाएको छ ।
गत आर्थिक वर्षमा लगानियोग्य स्रोतको चरम अभाव देखिएको थियो ।

आर्थिक वर्षभरीमा बैंकहरुको निक्षेप ९ प्रतिशत मात्रै बढेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा वृद्धि उच्च हुँँदा देखिएको लगानीयोग्य स्रोतको अभावले गर्दा बैंकिङ क्षेत्रको ब्याजदर पनि बढेको छ । २०७८ असार मसान्तमा ८.४३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०७९ असार मसान्तमा ११.६२ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।