२०७३ आश्विन १४ गते

टुरिजम डेभलपमेन्ट बैंकमा जागीर खुल्यो : अनुभव नभएकालाई पनि अवसर

tourismराष्ट्रिय स्तरको विकास बैंक टुरिजम डेभलपमेन्ट बैंकले विभिन्न ६ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले काठमाडौँस्थित कर्पोरेट कार्यालयका साथै निकट भविष्यमा नै सञ्चालन हुने लागेका काठमाडौँ बाहिर बुटवल, हेटौँडा, इटहरी, रजहर, कोहलपूर र कालिकोटका शाखाहरुका लागि कर्मचारी माग गरेको हो ।  

बैंकले उपत्यकाबाहिरका शाखाहरुका लागि केही संख्यामा जुनियर प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ । यसका लागि कम्तीमा दोस्रो श्रेणीमा प्रविणता तह उतीर्ण गरेको १८ देखि २८ वर्षभित्र उमेर भएको हुनुपर्नेछ । यस पदका लागि फ्रेस क्यान्डिडेटलाई आवेदन दिन आह्वान गरिएको छ । 

कर्पोरेट अफिसरको मार्केटिक डिपार्टमेन्टका लागि अफिसर वा सिनियर अफिसर एक जना माग गरिएको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरी बैंकिङ क्षेत्रमा ३ वर्ष अथवा कुनै पनि मल्टिनेशनल कम्पनीको मार्केटिङ क्षेत्रमा ५ वर्ष काम गरेको र ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

काठमाडौँबाहिरका शाखाका लागि ६ जना व्यवस्थापन लेभलका कर्मचारी माग गरिएको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरी बैंकिङ क्षेत्रमा ३ वर्ष काम गरेको, हाल व्यवस्थापन वा सोभन्दा एक तह कममा रहेर काम गरिररहेको, वित्तीय संस्थाको सम्पूर्ण सञ्चालन र क्रेडिटसम्बन्धि कार्यहरुमा अनुभव भएको साथै शाखालाई र शाखासम्बद्ध टिमको नेतृत्व गर्न सक्ने र ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 

काठमाडौँ, बुटवल र हेटौँडाका लागि केही संख्यामा माग गरिएको एसिस्टेन्ट अफिसर पदका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरी बैंकिङ क्षेत्रमा ३ वर्ष काम गरेको, हाल अफिसर वा सोभन्दा एक तह कममा रहेर काम गरिररहेको, वित्तीय संस्थाको सम्पूर्ण सञ्चालन र क्रेडिटसम्बन्धि कार्यहरुमा अनुभव भएको साथै शाखालाई र शाखासम्बद्ध टिमको नेतृत्व गर्न सक्ने र ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 

त्यसैगरी, बैंकले काठमाडौँ लगायत बाहिरका शाखाहरुका लागि केही संख्यामा सिनियर एसिस्टेन्ट माग गरेको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरी बैंकिङ क्षेत्रमा २ वर्ष काम गरेको, वित्तीय संस्थाको सम्पूर्ण सञ्चालन र क्रेडिटसम्बन्धि कार्यहरुमा अनुभव भएको र २८ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

यसबाहेक बैंकले कर्पोरेट अफिसरको मार्केटिङ डिपार्टमेन्टका लागि एक जना एसिस्टेन्ट मेनेजर माग गरेको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातकोत्तर उतीर्ण गरी बैंकिङ क्षेत्रमा ५ वर्ष काम गरेको, हाल मार्केटिङ अफिसर वा सोभन्दा एक तह कम या माथि रहेर काम गरिररहेको र ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

एप्लाई गर्ने उम्मेदवारले आफूले काम गर्न चाहेको पद र शाखा उल्लेख गर्नुपर्ने जनाइएको छ । स्थानीयलाई पा्रथमिकता दिइने समेत स्पष्ट पारिएको छ । एप्लाई गर्ने समय १२ अक्टोबर अर्थात असोज २६ गतेसम्म रहेको छ । दरखास्त फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।