Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

२०७९ श्रावण २५ गते

बैंकिङ खबर/ प्रभु बैंक र लोकहित डेन्टल हस्पिटल प्रा ।लि का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा.लि तर्फबाट अध्यक्ष डा.गणेश साह उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । 

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले लोकहित डेन्टल हस्पिटलद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन् । यद्यपि बिल रकम ५०० भन्दा कम भएमा छुट प्रदान नहुने बैंकले जनाएको छ।

सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटलका मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रा .लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने बैंकले जनाएको छ ।