
बैंकिङ खबर/ मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय डुमरियाले आफ्ना सदस्यहरुलाई सौर्य बोरिङ Solaar water pump जडानको लागि सहुलियत कर्जा प्रवाह गरेको छ । एक कार्यक्रम गरी सदस्यको खेतमै संस्थाको सहयोगमा सौर्य बोरिङ जडान गरिएको हो ।
कर्जा माग गरेको २/३ दिनमै उक्त सेवा दिएको संस्थाका अनुगमन अधिकृत राम किशोर प्रसाद कुशवाहाले जानकारी दिनुभयो । हाल यो सेवा मधेश प्रदेशको सबै शाखाबाट सेवा लिन सकिने समेत उहाँले जानकारी गराउनुभयो । यस्ता सेवा मेरो माइक्रोले मलाई दिएकोमा धन्यबाद दिँदै कृषकको अनुहारमा खुसी छाएको पनि उहाँको भनाइ छ ।


