Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्रिय सहकारी बैंक २० औं वर्षमा, २ अर्ब ९१ करोड चुक्ता पुँजी

२०७९ श्रावण १९ गते

बैंकिङ खबर/ राष्ट्रिय सहकारी बैंक २० औं वर्षमा प्रवेश गरेको छ । २०६० सालमा सहकारी ऐन बमोजिम सञ्चालनका साथै राष्ट्र बैंकबाट बैंकिङ कारोबारको अनुमति पाएको बैंकले साउन १९ गते आफ्नो बैंकिङ कारोबारको सफलता पूर्वक १९ वर्ष पुरा गरेको हो । १९ वर्षे आफ्नो यात्रामा बैंकले सहकारी क्षेत्रलाई नै आफ्नो प्रमुख कार्यक्षेत्र बनाई २ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन सफल भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म संस्थाको कुल सम्पति ६० अर्ब पुर्याउन सफल बैंकले ७७ वटै जिल्लामा आफ्नो सदस्यता विस्तार गर्दै १५ हजारभन्दा बढी सहकारी संघ संस्थाहरुलाई आवद्ध गर्न सफल भएको छ ।

हाल राष्ट्रिय सहकारी बैंकका देशभर ६८ वटा शाखाहरु मार्फत सहकारी संघ संस्थाहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले बताउनुभयो ।

बैंकको आन्तरिक सबलीकरण तथा सुशासन कायम गर्दै नवीनतम प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सञ्जालीकरणमा प्रभावकारी उपस्थिती, गुणस्तरीय सेवामार्फत् सहकारी संघ-संस्थाको दिगो विकासमा टेवा पुर्‍याउँदै सहकारीहरूको आन्तरिक सबलीकरण र व्यावसायिक सफलताका लागि बैंकले वित्तीय तथा गैर–वित्तीय सेवाहरु प्रदान गरिरहेको उहाँको भनाइ छ ।