Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कर्जा प्रवाहमा धितो सुरक्षण : उपत्यकामा ३० प्रतिशत, अन्त ४० प्रतिशतसम्म

२०७९ श्रावण १८ गते

 


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गरेको छ । संशोधनमार्फत राष्ट्र बैंकले विभिन्न कर्जामा धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपातमा हेरफेर गरेको छ ।

नयाँ व्यवस्थामा केन्द्रीय बैंकले यस्तो अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था गरेको हो। यसअनुसार बैंक तथा वित्तीय संस्थाले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयर धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरु प्रतिग्राहक ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न सक्नेछन्।  यसअघि धितो सुरक्षणको फेयर मार्केट भ्यालु बीचको अनुपात काठमाडौं उपत्यकामा बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशत थियो।