Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

वित्तीय प्रणाली सुधारका लागि राष्ट्र बैंक र आईएमएफबीच छलफल

२०७९ श्रावण ९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वित्तीय प्रणाली सुधारबारे छलफल गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोषको कानुन विभागको मिसन प्रमुख किया यी तानको नेतृत्वमा आएको टोलीसँग छलफल गर्नुभएको हो ।

खासगरी वित्तीय प्रणालीको सबलीकरणमा कानुनी पूर्वाधारबारे प्राविधिक सहयोगका विषयमा छलफल केन्द्रित भएको राष्ट्र बैंकले जनाएको छ।