Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१५.६० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२०७९ श्रावण ८ गते

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले आगामी मंगलबारका लागि २८ दिने र ९१ दिन ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको सोमबार बोलकबोल हुनेछ। 

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो भदौ ७ गते परिपक्व हुनेछ। 

यसैगरी केन्द्रीय बैंकले ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुुन आगामी कार्तिक ८ गते परिपक्व हुनेछ। 

यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।