Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पूर्वाधार विकास बैंकको चुक्ता पुँजी बढाउने राष्ट्र बैंकको योजना

२०७९ श्रावण ६ गते

बैंकिङ खबर/ नेपाल पूर्वाधार विकास बैंकको चुक्ता पुँजी बढ्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै निफ्राको चुक्ता पुँजी वृद्धि गरिने बताउनुभयो ।

विशेषगारी नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता अभिवृद्धि गर्न पुँजी बढाइने भएको हो। पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरि स्थापना भएका संस्थाहरुलाई निफ्रासँग गाभेर चुक्ता पुँजी वृद्धि गर्ने राष्ट्र बैंकको योजना छ। गत आर्थिक वर्षको अन्त्यसम्म निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ।