July 20th, 2022

विदेश भ्रमणमा जाने नेपालीले मनिचेन्जरबाट २०० डलरसम्मको सटही सुविधा पाउने

बैंकिङ खबर/ विदेश भ्रमणमा जाने नेपालीहरुले विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त मनिचेन्जरबाट अमेरिकी डलरको सटही सुविधा पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ को एकीकृत इ।प्रा। परिपत्रः ०७ः२०७८ को दफा १ को खण्ड (ख) मा बुँदा नं. ४ थप गर्दै यस्तो व्यवस्था मिलाएको हो।

यो व्यवस्थासँगै अब विदेश भ्रमणमा जाने नेपालीहरुले राष्ट्र बैंकबाट इजाजतपत्र मनिचेन्जरबाट पनि अमेरिकी डलरको सटही सुविधा पाउने भएका छन्।

त्यस्ता मनिचेन्जरले विदेश भ्रमण जाने नेपालीलाई राहदानीबापत अधिकतम २०० अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीले पाउने सुविधामा कटौती गरेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ८३ अर्ब रुपैयाँ नेपालीहरुले विदेश भ्रमणको क्रममा खर्च गरेका छन् ।

Circular-03-2079-80

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]