
बैंकिङ खबर/ नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै शेयर बजारका लगानीकर्ताले माइतिघरमा प्रदर्शन गर्ने भएका छन् । नेकपा एमालेको अर्थ तथा योजना विभागमा गभर्नर अधिकारी सदस्यको रुपमा मनोनयन भएको समाचार बाहिरिएपछि लगानीकर्ता प्रदर्शनमा उत्रिन लागेका हुन् ।
संसदमा बुधबार मिनबहादुर विश्वकर्मा,रेखा शर्मा,अञ्जना विशंखे लगायतले गभर्नरको विषयमा प्रश्न उठाएका हुन् । गभर्नर अधिकारीले भने आफु कुनै पार्टीमा संलग्न नरहेको बताएका छन् ।


