
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ । आयात २७.५ प्रतिशतले, निर्यात ५३.३ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३.८ प्रतिशतले बढेको र अमेरिकी डलरमा १.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडलेघाटामा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४५ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.१०३५ अर्ब ६१ करोड र राजस्व परिचालन रु.९४२ अर्ब१३ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.० प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १५.७ प्रतिशत रहेकोछ ।
हेर्नुहोस् पूर्णपाठ




